यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी तथा नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०३-१२
- A
- A-
- A+
काठमाण्डौ, १२ असार
काठमाण्डौ
उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र
नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा मङ्गलबार
बिहान सम्पन्न भएको छ ।
कार्यक्रममा
प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल
ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित
कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना
गरेको बारे चर्चा गर्नु भएको थियो ।
साथै नेपाल
प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा
सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्टुरेन्ट
लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो । उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि सकारात्मक कामको लागी हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो ।