“अन्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध” दिवसको अवसरमा आयोजित प्रतियोगितात्मक कार्यक्रमहरुको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
२०८०-०३-१२
- A
- A-
- A+
काठमाण्डौ, १२ असार
काठमाण्डौ
उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र
नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा मङ्गलबार
बिहान सम्पन्न भएको छ ।
कार्यक्रममा
प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल
ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित
कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना
गरेको बारे चर्चा गर्नु भएको थियो ।
साथै नेपाल
प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा
सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्टुरेन्ट
लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो । उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि सकारात्मक कामको लागी हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो ।
कार्यक्रममा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा
कोइरालाले सरोकारवाला निकायहरुको समन्वय र सहकार्यले मात्र‘यौनजन्य हिंसा
न्यूनिकरण’ मा अहं भूमिका खेल्ने हुनाले सम्पूर्ण सरोकारवाला निकायहरुले निष्पक्ष भई कार्य गर्नुपर्ने बताउनुयो ।
उक्त कार्यक्रम जिल्ला प्रहरी परिसर, काठमाण्डौ र ललितपुरका प्रहरी प्रमुख, वडा ९ का अध्यक्ष, प्रहरी वृत्त/प्रभागका
प्रमुखहरू र मनोरञ्जन क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरु
लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।