प्रहरी कन्ट्रोल : १००
नेपा
EN

इनारमा डुबेर दुई जनाको मृत्यु

२०८०-०३-११

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ११ असार

            काठमाण्डौ महानगरपालिका-११ भोटेवहाल अरनिको गल्ली बस्ने दिपेश श्रेष्ठको इनारमा डुबेर २ जनाको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुली मजुवा घर भई हाल काठमाडौं बसन्तपुर डेरा गरी बस्ने २२ वर्षीय दिपेश गुरुङ र झापा घर भई हाल काठमाडौं बसन्तपुर बस्ने ३८ वर्षीय दिपेन लिम्बु रहेका छन । ईनारमा रहेको पानी तान्ने मेसिन बनाउनका लागि मेसिन झिक्न इनारभित्र पस्दा उनीहरुको डुबेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका-२ घर भएका २६ वर्षीय निमा तामाङ, काठमाडौं महानगरपालिका-३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका २४ वर्षीय बिबेक साह, काठमाडौं चन्द्रागिरी नगरपालिका-१ बस्ने सप्तरी राजविराज नगरपालिका-८ घर भएका ५२ वर्षीय उज्वल कुमार थापा र काठमाडौं महानगरपालिका-९ बस्ने तेह्रथुम लालिगुराँस नगरपालिका-५ घर भएका ३५ वर्षीय खेम बहादुर बस्नेत रहेका छन् ।  पक्राउ मध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रूपैयाँ, बिबेकले जर्जिया, माल्टा लगायतका देशहरू पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३५ हजार रूपैयाँ, उज्वलले हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ६२ हजार रूपैयाँ र खेम बहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौं महानगरपालिका-६ बाट, बिबेकलाई काठमाडौं महानगरपालिका-१० बाट र उज्वललाई काठमाडौं महानगरपालिका-३१ बाट मंगलबार तथा खेम बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये निमा र बिबेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्जवल र खेम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वन्यजन्तुको अखेटोपहार हात्तीको दाह्रा सहित पाँच जना पक्राउ
२०८३-०२-२०

काठमाडौं, वन्यजन्तुको अखेटोपहार हात्तीको दाह्रा सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने २५ वर्षीय राजिव महर्जन, गोरखा घर भएका २६ वर्षीय टेक प्रसाद गुरूङ, काठमाडौं महानगरपालिका-१७ बसन्तपुर बस्ने २७ वर्षीय आयुष महर्जन, टोखा नगरपालिका-२ सपनतीर्थ बस्ने बैतडी घर भएका २४ वर्षीय पुरन बोहरा र तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने गोरखा घर भएका २० वर्षीय सन्त बहादुर भुजेल रहेका छन् ।  काठमाडौँ मनमैजु एरियामा राजिव महर्जन समेतका व्यक्तिहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसार पसार बिक्री वितरण तथा सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजिवको घर नजिक रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा २ थान र उनकै घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट फेला पारी राजिव, आयुष र टेक प्रसादलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा अन्य २ वटा हात्तीको दाह्राका टुक्राहरू पुरनसँग रहेको भन्ने खुल्न आएपश्चात उनलाई सपनतीर्थबाट पक्राउ गरी सोधपुछ गर्दा उक्त हात्तीको दाह्राका टुक्राहरु मनमैजु बस्ने सन्त बहादुरलाई दिएको भन्ने खुलेपछि सन्त बहादुरको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित कोठाबाट हात्तीको दाह्राका टुक्राहरू २ थान फेला पारी पक्राउ गरेको हो ।  पक्राउ परेका मध्ये राजिव, आयुष र टेक प्रसादलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिमको कसुरमा एवम् पुरन र सन्त बहादुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

शंकास्पद गतिविधिमा संलग्न दुई जना विदेशी नागरिकहरू पक्राउ
२०८३-०२-२०

काठमाडौं, शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा २ जना चिनियाँ नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ बस्ने चीन फुजियान घर भएका ३३ वर्षीय WANG WEND र CHEN SHUANGGUI रहेका छन् ।             काठमाडौं महानगरपालिका-१ नक्साल नारायणचौर एरियामा चिनियाँ नागरिकहरू भिजिट भिषामा नेपाल आई भिषाको उद्देश्य विपरित शंकास्पद गतिविधि गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं नक्साल नारायणचौरस्थित आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको लाईभ हब एपमार्फत एकाउन्ट खोली विदेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने गरेको समेत खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ
२०८३-०२-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने बर्दिया मधुवन नगरपालिका-७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने मकवानपुर बकैया गाउँपालिका-२ घर भएका ३८ वर्षीय तिर्थमान भोलन, काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने गोरखा पालुङटार नगरपालिका-६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल, काठमाडौं महानगरपालिका-६ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४४ वर्षीय उपेन्द्र तामाङ, सुनसरी इटहरी उपमहानगरपालिका-१ घर भएका ४५ वर्षीय उज्वल थापा मगर, बर्दिया बढैयाताल गाउँपालिका-९ घर भएका ३२ वर्षीय प्रकाश सिंखडा, काठमाडौं महानगरपालिका-३ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २३ वर्षीया ज्योती गुरूङ र काठमाडौं महानगरपालिका-१० बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-३ घर भएका ४५ वर्षीय राजिव न्यौपाने रहेका छन् । पक्राउ मध्ये राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, उज्वलले  क्यानडा पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रूपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, ज्योतीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र राजिवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट, तिर्थमान र गोवर्धनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट, उज्वललाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट र प्रकाशलाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बाट सोमबार तथा रोशनलाई काठमाडौं महानगरपालिका-१० बाट, उपेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट, ज्योतीलाई काठमाडौं महानगरपालिका-३ बाट र राजिवलाई काठमाडौं महानगरपालिका-२८ बाट मंगलबार पक्राउ गरेको हो । पक्राउ मध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०२-२०

काठमाडौं, नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो ५ किलोग्राम र पोलेन ८ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ छकडोल बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-१ घर भएका २७ वर्षीय रपेन्द्र श्रेष्ठ र धादिङ गजुरी गाउँपालिका-८ घर भएकी ३४ वर्षीय अमृता तामाङ रहेका छन् । प्रहरी चौकी भिमढुङ्गा समेतबाट खटिएको प्रहरीले बा.३४ प ८४०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।       यसैगरी भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट, एसएलआरको गोली २ राउण्ड, खुकुरी १ थान र मोबाइल ६ थान सहित सोही नगरपालिका-८ सिपाडोल बस्ने २३ वर्षीय निरज खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।