प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-०६
- A
- A-
- A+
काठमाण्डौ, ०६ असार
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम
लाल ज्ञवालीद्वारा बुधबार त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
भएको छ ।
निरीक्षण तथा निर्देशन कार्यक्रमलाई
सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अति संवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी विभिन्न निकायहरूसँगको समन्वय र सहकार्यमा त्रुटीरहित तवरले
सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको सुरक्षाको स्तर झल्काउने र नेपाल प्रहरीको पहिचान अभिबृद्धि गर्ने हुँदा ‘विमानस्थलको सुरक्षामा कुनै कसर बाँकी नराखी' प्रहरी
कर्मचारीहरूले सदैव सभ्य, शिष्ट
व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
साथै विमानस्थल विभिन्न राष्ट्रका नागरिकको आवागमन हुने प्रमुख
स्थान समेत भएकोले यसमा हुनसक्ने विभिन्न
आपराधिक क्रियाकलाप उपर सदैव सचेत रही खतराको मूल्याङ्कन (Threat Analysis) गरी
प्रहरीको काम, कर्तव्य
पूर्ण व्यवसायिक तवरले निर्वाह गर्न निर्देशन दिनु भयो ।
निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले विमानस्थल परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण
गर्नुका साथै काम कारवाहीबारे जानकारी लिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव
महानिरीक्षक अर्जुन चन्द ठकुरी, प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली लगायत सिनियर
प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।