प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अवैध लागुऔषधसहित ३ जना पक्राउ

२०८०-०३-०५

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ५ असार

काठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने वस्तु ८ सय ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-६ बस्ने २३ वर्षीय निमा स्याङतान र धादिङ थाक्रे गाउँपालिका-७ बस्ने २४ वर्षीय बिरे तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धुनीबेशीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.९१ प ४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१५ बोधिग्रामबाट अवैध लागुऔषध गाँजा ५ केजी ७ सय ६० ग्राम, गाँजाको फुलपातसहित ९ सय १२ ग्राम, पोल्याण्डको धुलो १ किलो ८ सय २० ग्राम, चरेस जस्तो देखिने पदार्थ १ सय ८० ग्राम र नगद २२ हजार ५ सय ९५ रूपैयाँसहित गोरखा थालाजुङ गाउँपालिका घर भई काठमाडौं काडाघारी बस्ने ४० वर्षीया शान्ती रानामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराध नियन्त्रण र अनुसन्धान सम्बन्धी सरोकार निकायहरूसँग एक दिवसीय अन्तरक्रिया सम्पन्न
२०८३-०२-३१

अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराधहरू बढ्दै गएकोले त्यस्ता प्रकृतीका अपराध नियन्त्रण र अनुसन्धानलाई वस्तुनिष्ठ र परिणाममुखि  बनाउनका लागि सम्बन्धित निकायहरूले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा थप ज्ञान, सिप र क्षमता प्रदान गर्ने उद्देश्यले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराधको नियन्त्रण, रोकथाम तथा प्रभावकारी अनुसन्धानमा सरोकारवाला निकायहरूबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका, प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्‍वर कार्कीज्यूको प्रमुख आतिथ्यमा  नेपाल पुलिस क्लव भृकुटीमण्डलमा सम्पन्न भएको छ ।        कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका, प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी,प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धिताल,प्रहरी उपरीक्षक, महान्यायधिवक्ताको कार्यालय, उच्च सरकारी वकील कार्यालय पाटन, विशेष सरकारी वकील कार्यालय काठमाडौं, काठमाडौं उपत्यका स्थित तीन वटै जिल्लाका जिल्ला सरकारी वकील कार्यालयबाट पाल्नु भएका प्रतिनिधिहरू, नेपाल राष्ट्र बैंक प्रतिनिधी, अन्य बैंकबाट पाल्नु भएका प्रतिनिधीहरू, ईन्टरनेट सेवा प्रदायक संस्था, विभिन्न डिजिटल वालेट कार्यालयका प्रतिनिधीहरू, सरकारी निकाय प्रतिनिधीहरू, प्रहरीका अनुसन्धान अधिकृतहरू, विभिन्न क्षेत्रका विज्ञ तथा अन्य सरोकारवाला निकायका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।