प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-०४
- A
- A-
- A+
काठमाण्डौ, ०४ असार
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले जघन्य तथा आमचासोका घटनाहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सफल अनुसन्धान गरेको स्मरण गराउदै, प्रविधिको दुरुपयोग गरी आपराधिक गतिविधी बढिरहेकाले प्रविधिको उच्चतम प्रयोग गरी सफल अनुसन्धान गर्न निर्देशन दिनुभयो । साथै सूचना संकलनमा खटिएका तथा सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीहरूले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिदै लोभ लालच वा प्रलोभनमा परी संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नगर्ने समेत बताउनु भयो ।
निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीबारे जानकारी लिनुभएको थियो । कार्यक्रममा प्रहरी वरीष्ठ उपरीक्षक डा. मनोज के.सी., सिनियर प्रहरी अधिकृत लगायत जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।