विभिन्न धनमाल चोरी
२०८०-०२-२४
- A
- A-
- A+
भक्तपुर, २४ जेठ
मध्यपुर ठिमी
नगरपालिका-३ कौशलटार कुटु टोल डेरा गरी बस्ने झापा दमक नगरपालिका-३ घर भएकी बबिता भट्टराईको
डेरा कोठाबाट नगद १६ हजार र सुनको बिभिन्न गहना गरी करिब ७ लाख १२ हजार रुपैयाँ बराबरको
धनमाल मङ्गलबार साँझ चोरी भएको छ ।
यसैगरी भक्तपुर,
चाँगुनारायण नगरपालिका-५ छालिङ भिमसेन टोल बस्ने निर्मला वनको घरबाट
ढोकाको ताला फुटाई नगद ३१ हजार र सुनको बिभिन्न गहना गरी करिब १० लाख ९६ हजार ६ सय
२५ रुपैयाँ बराबरको धनमाल मङ्गलबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा
संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।