दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४
- A
 - A-
 - A+
 
काठमाण्डौ, २४ जेठ 
            दुबई
पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-१० घर भई काठमाण्डौ, बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई सोमबार प्रहरीले
पक्राउ गरेको छ । 
            कार्कीले
वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राइडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा
काम लगाइदिने भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटक-पटक गरी ४ लाख ५० हजार रुपैयाँ
लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट
पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले
उनलाई काठमाण्डौ महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो । 
            उनलाई
थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाण्डौ पठाइएको छ ।