कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४
- A
- A-
- A+
काठमाण्डौ, २४ जेठ
कम्बोडिया
पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाण्डौ
महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई मङ्गलबार प्रहरीले
पक्राउ गरेको छ ।
तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा
मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी
१ जना पीडितबाट पटक-पटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ
गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध
अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ महानगरपालिका-३१ नयाँबानेश्वरबाट
पक्राउ गरेको हो ।
उनलाई
थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाण्डौ पठाइएको छ ।