प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०२-२१
- A
- A-
- A+
काठमाण्डौ, २१ जेठ
काठमाण्डौ उपत्यका
प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा
आइतबार पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको
निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षणको
क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले ‘नेपाल भ्रमणमा आउने पर्यटकहरूले
अन्तर्राष्ट्रिय जगतमा नेपालको बारेमा सकारात्मक जानकारी गराई पर्यटन प्रवर्दनमा
थप योगदान पुर्याउने हुनाले नम्र वोली,
वचन र व्यवहारद्वारा उनीहरुलाई
सुरक्षित गन्तव्यमा पुग्ने तथा फर्कने वातावरण बनाई आइपर्ने समस्या समाधान गर्न
हरदम प्रयत्नशील रहन’ नेपाल प्रहरी संगठनको दुत ‘पर्यटक प्रहरी’लाई निर्देशन समेत
दिनुभयो ।
साथै आपराधिक
गतिविधिमा समेत पर्यटकहरूको संलग्नता रहेको स्मरण गराउनु हुँदै प्रहरी अतिरिक्त
महानिरीक्षक ज्ञवालीले पर्यटकहरूबाट हुनसक्ने सम्भावित अपराध रोकथाम तथा
अनुसन्धानमा सम्बन्धित निकायहरूको समन्वयमा उच्च मनोवल र व्यवसायीक
निष्ठाका साथ विवेकपूर्ण कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक होम
प्रसाद लुईटेल,
पर्यटक
प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ लगायत जुनियर
प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।