प्रहरी कन्ट्रोल : १००
नेपा
EN

मृत अवस्थामा फेला

२०८०-०२-१९

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १९ जेठ

काठमाण्डौ, काठमाण्डौ महानगरपालिका-७ गौरीघाँट संगम चोकस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०१-२५

२०८३-०१-२५काठमाडौं, कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-९ भाजंगल बस्ने अछाम साँफेबगर नगरपालिका-४ घर भएका २५ वर्षीय महेन्द्र शाह, काठमाडौं कीर्तिपुर नगरपालिका-१० पाँगा दोबाटो बस्ने कैलाली बर्दगोरिया गाउँपालिका-४ घर भएका २३ वर्षीय रबिन्द्र धामी र काठमाडौं कीर्तिपुर नगरपालिका-८ सिनेमा हल बस्ने कैलाली घोडाघोडी नगरपालिका-१ घर भएका २२ वर्षीय रोशन बिष्ट रहेका छन् । कीर्तिपुर नगरपालिका-१० पोडेटोलस्थित चिया सागर नजिक सोही नगरपालिका-३ ढाल्पा बस्ने जिल्ला गुल्मी धुर्कोट गाउँपालिका-७ घर भएका २२ वर्षीय विपिन घिमिरेलाई बुधबार दिउँसो धारिलो हतियार प्रयोग गरी ज्यान लिने कसुरमा संलग्न उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०१-२५

२०८३-०१-२५काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय संजय कुमार, काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय नगेन्द्र शाह, काठमाडौं महानगरपालिका-९ बस्ने बाँके खजुरा गाउँपालिका-२ घर भएका २४ वर्षीय मो. अलताव खाँ र काठमाडौं महानगरपालिका-२७ बस्ने सल्यान कुमाख गाउँपालिका-२ घर भएका १९ वर्षीय केशव सुनार रहेका छन् । पक्राउ मध्ये संजय र नगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख रूपैयाँ, मो. अलतावले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५१ लाख रूपैयाँ र केशवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले संजयलाई काठमाडौं महानगरपालिका-१३ र नगेन्द्रलेलाई काठमाडौं महानगरपालिका-९ बाट बुधबार तथा मो. अलतावलाई काठमाडौं महानगरपालिका-९ बाट र केशवलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०१-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाडौं महानगरपालिका-१४ बस्ने दाङ घर भएका ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे घर भएका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने पाँचथर घर भएका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने स्याङ्जा घर भएका २८ वर्षीय नमुना भण्डारी रहेका छन् । पक्राउ मध्ये राज कुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं किर्तीपुरबाट, प्रकाशलाई काठमाडौं महानगरपालिका-२९ बाट र डिल्लीमानलाई काठमाडौं महानगरपालिका-१४ बाट मंगलबार तथा श्रीहाङलाई ललितपुर गोदावरी नगरपालिका-४ बाट र नमुनालाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

लुटपाट तथा चोरीमा संलग्न दुई जना पक्राउ
२०८३-०१-२३

काठमाडौं, लुटपाट तथा चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने ३० वर्षीय बिकेस राजबाहक र काठमाडौं महानगरपालिका-१९ डल्लु बस्ने ३४ वर्षीय अरूण भुजेल रहेका छन् । काठमाडौं महानगरपालिका-२९ ईन्द्रचोकस्थित एक ज्वेलरीमा बिहीबार हतियार देखाई लुटपाट गर्ने प्रयास गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।               प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले २०८२ पुस २१ गते काठमाडौं महानगरपालिका-२५ मांसान गल्लीस्थित होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख रूपैयाँ, मोबाइल २ थान लगायतका सामान समेत लुटपाट गरेको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १ राउण्ड, नक १ थान र  घटनामा प्रयोग भएको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८३-०१-२३

काठमाडौं, गोकर्णश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नोर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल र डाईजेपाम १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३८ वर्षीय फुर्पा लामालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।              ललितपुर, ललितपुर महानगरपालिका-११ चिल्ड्रेन पार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९७ ट्याब्लेट सहित काठमाडौं बालाजु बस्ने गोरखा भीमसेनथापा गाउँपालिका-७ घर भएका २८ वर्षीय राजेश भुषाल समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।