प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०८०-०२-१९

  • A
  • A-
  • A+
Share

काठमाण्डौ,१९ जेठ

सामाजिक सञ्‍जाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सप्‍तरी बोदेबरसाइन नगरपालिका-१४ घर भई काठमाण्डौ महानगरपालिका-२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्‍जाल फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमति बिना पीडितकै मोबाइल लिएर मोबाइल बैंकिङ तथा खातामा पहुँच पुर्‍याई विभिन्न ई-सेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि निज साहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीद्वारा पक्राउ गरिएको हो । निज साह उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौमा पठाइएको  

सम्बन्धित समाचार
नक्कली नोट सहित ६ जना पक्राउ
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते २१:३० बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोक स्थितबाट निम्न मानिसहरूलाई चेकजाँच गर्दा एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३)सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।  पक्राउ परेका मानिसहरू १.      जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा । २.      ऐ.ऐ. घर भइ ऐ.ऐ. बस्ने वर्ष ४४ को पासाङ शेर्पा ।३.      जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को प्रकाश गुरुङ ।४.      जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका १० घर भइ ऐ. ६ बस्ने वर्ष ४२ की रेणुका भारती । ५.      जिल्ला सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर भइ ऐ. ६ बस्ने वर्ष ६५ को गोकर्ण थापा । ६.      जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ३ बस्ने वर्ष ४३ को सुक बहादुर स्याङ्बो ।

बिल बिनाको सामान बरामद
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते बिहान ०६:१५ बजेको समयमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ स्थित बाफल चोकबाट धनगढी देखी काठमाडौं आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्दा डिक्की भित्रबाट २८ कार्टुन मोबाईको पार्टस सामान ( बिल बिनाको) सहित गाडी र गाडीका ४ जना स्टाफलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी बृत स्वयम्भुमा राखि प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ । बरामद सामानहरू  -          २७ बोरामा १५०० पिस टेम्पड ग्लास, जम्मा ४०,५०० पिस, १ पिसको अन्दाजी मुल्य रु ३५ को दरले रु.१४,१७,५०० अक्षरुपी चौध लाख सत्र हजार पाँच सय  र -          १ बोरामा १०० पिस air pods, १ पिसको अन्दाजी मुल्य रु.८०० को दरले रु.८०,०००।– अक्षरुपी असी हजार गरी जम्मा अन्दाजी मुल्य रु.१४,९७,५०० अक्षरुपी चौध लाख सन्तानब्बे हजार पाँच सय  ।

७ जना प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८२-०९-१४

२०८२ पुस १४  मिति २०८२।०८।२४ गते जिल्ला सिन्धुली गोलञ्जोर गा.पा. वडा नं.०५ ताप्केडाँडा स्थायी घर भएको वर्ष २५ को सुनिल भन्ने केशवराज हायुलाई कर्तव्य गरी जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०८ शेराफाँट लुभु स्थित घरको तरकारी बारीमा रहेको पानीको ईनारमा फालेको र मिति २०८२।०८।२५ गते पारुहाङ राईलाई कर्तव्य गरी भक्तपुरको देउराली भञ्याङको झाडी भित्र फालेको घटनाको अनुसन्धानको क्रममा सुक्ष्म रुपमा अनुसन्धान गरी उक्त घटनामा संलग्न व्यक्तिहरुलाई मिति २०८२।०९।०४ गते  र मिति २०८२।०९।०६ गते पक्राउ गर्न सफल भएकोले प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न तथा हौसला अभिबृद्धी गर्न यस्ता उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीलाई समेत सकरात्मक प्रभाव पर्ने हुदा काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव उपरिक्षक २ जना तथा प्रहरी निरीक्षक १ जनालाई र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी हबल्दार १ जना गरी कुल ७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । 

CF 98 पेस्तोल थान २ सहित ३ जना नियन्त्रणमा
२०८२-०९-१४

२०८२ पुस १४      मिति २०८२/०९/१० गते हतियार  लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलिले ३ जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने वर्ष ३२ को झिल्के भन्ने विकाश शाही, जिल्ला मोरङ, लेटाङ नगरपालिका ४ गर भएको वर्ष २२ को शाहिल तिवारी र जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १३ बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई रहेका छन । उनिहरुको साथबाट CF 98 पेस्तोल थान- २  , सो पेस्तोलमा लाग्ने म्यागजिन थान -३  र गोलि थान – २ सहित गोलिको खोका थान- २ बरामद भएको छ ।     यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ ।