बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०२-०८
- A
- A-
- A+
काठमाडौं, ८ जेठ
बैकिङ कसूर
मुद्दाका फरार प्रतिवादी सिन्धुली हरिहरगढी गाउँपालिका-३ ठेगाना भई काठमाडौं
महानगरपालिका-१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ
गरेको छ ।
उच्च अदालत पाटन
ललितपुरको २०८० बैशाख ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ लाख रूपैयाँ जरिवाना,
क्षतिपूर्ति शुल्क २४ हजार रूपैयाँ राहत कोषमा जम्मा गराउनुपर्ने र २ दिन कैद सजाय
ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट
खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला
कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।