प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली द्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको निरिक्षण सम्पन्न
२०८०-०१-१७
- A
- A-
- A+
काठमाडौं,१७ वैशाख
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंको निरिक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको विभिन्न शाखाहरुको निरीक्षण
गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक
ज्ञवालीले प्रहरीको सेवा प्रवाहलाई हरेक
नागरिक, नागरिक समाज लगायत
राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले संयमित भई
उत्कृष्ट ढङ्गबाट कार्य सम्पादन गर्न साथै वर्तमान समयमा बैङ्किङ् कसूरका घटनाहरु
वृद्दि भएकाले त्यस सम्बन्धमा बिशेष ध्यान दिन निर्देशन दिदै, प्रहरीको गरीमानै
मिठो बोलिमा भएकाले सम्पुर्ण नागरीक प्रति नरम व्यबहार गर्न समेत निर्देशन दिनुभयो
।
सोहि क्रममा परिसर काठमाडौँ तथा सो मातहतमा कार्यरत
प्रहरी कर्मचारीहरुलाई अपराधिक गतिविधिहरू
प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठन प्रति बफादर हुदै
नागरीक प्रति शिष्ठता पुर्वक प्रस्तुत भई,मानव अधिकारको उच्च सम्मान गर्दै, कानून
सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भएको
थियो ।