ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एक जना महिला पक्राउ
२०७९-१२-३०
- A
- A-
- A+
काठमाडौं, २९ चैत
ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३५ वर्षीया जुनुकला राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-७ चावहिल
गंगाहिटीस्थित भिजन ड्रिमरी प्रालिका संचालक राई समेतले नेपाली कला र सिपबाट
विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गराउन लिएको ईजाजतको उल्लङ्घन
गरी कम उमेर समूह समेतका युवायुवतीहरुलाई विभिन्न प्रलोभन दखाई सदस्यता लिन लगाएर
नेटवर्किङ व्यवसाय सम्बन्धि ३ दिने प्रशिक्षण दिई ५० जनाबाट करिब ५५ लाख २२ हजार ८
सय रूपैयाँ ठगी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर ठगी सम्बन्धी मुद्दामा जिल्ला
अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।