प्रहरी कन्ट्रोल : १००
नेपा
EN

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
Integrated Traffic Management System सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न
२०८३-०२-१८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित कार्यक्रमबीच काठमाडौं उपत्यकामा Integrated Traffic Management System सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले Traffic Police Mirror-2026 को लोकार्पण गर्नुभयो । साथै उहाँले उक्त Traffic Police Mirror निर्माणमा सहयोग पुर्‍याउनु हुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले गोष्ठी अत्यन्त महत्वपूर्ण एवम् समय सापेक्ष प्रयासको रूपमा स्थापित भएको उल्लेख गर्दै गोष्ठीले नीति निर्माणकर्ता, कार्यान्वयन गर्ने निकाय, विज्ञ, सरोकारवाला संस्था तथा समुदायलाई एउटै मञ्चमा भेला भएर सामुहिक प्रयासमा सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्न सफल भएको   बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गरी अझ उच्चस्तरको समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्धता र कार्यान्वयनको आवश्यकता रहेको  बताउनुभयो । सबै सरोकारवाला निकायहरूले वैज्ञानिक ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षालाई थप व्यवस्थित बनाउँदै नियम तथा कानुन कार्यान्वयनमा निष्पक्षता, पारदर्शीता एवम् प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने तर्फ उहाँले जोड दिनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले Traffic Police Mirror प्रकाशनको औचित्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक विज्ञ सुनिल पौडेलले  Integrated Traffic Management System सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो भने Profession Holdings प्रा.लि. का निर्देशक राजेन्द्र प्रसाद त्रिपाठीले गोष्ठीको औचित्य सम्बन्धी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यशाला गोष्ठीको आजै बिहान शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उद्‌घाटन गर्नुभएको थियो । गोष्ठीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवस्था विभाग, सडक विभाग, सडक सुरक्षा परिषद्‍, सडक बोर्ड नेपाल, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, थापाथली ईन्जिनियरिङ क्याम्पस, Nepal Automobile Importers and Manufacturers Association (NAIMA), क्रिमशन टेकका प्रतिनिधिहरूले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।              तथ्यमा आधारित विश्लेषण, नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, बहु-निकाय समन्वय मार्फत दिगो समाधान तथा अन्तर्राष्ट्रिय अभ्यासको जानकारी लिने उद्देश्यले उक्त उच्चस्तरीय कार्यशाला आयोजना गरिएको हो । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप र जाम व्यवस्थापनका लागि दीर्घकालीन रणनीति, सडक दुर्घटना न्यूनीकरण तथा मृत्यु दर घटाउन बहु-आयामिक प्रभावकारीता, सवारी आयात, लाइसेन्स प्रणाली, स्क्र्याप नीति, Ride-sharing नियमन लगायत नीतिगत सुधार, Intelligent Traffic System (ITS), E-Challan, ANPR, CCTV जस्ता प्रविधिको विस्तार र समन्वित प्रयोग र NRSAP 2021-2030 को लक्ष्य प्राप्तिका लागि संस्थागत समन्वय र प्रतिबद्धता सुदृढ गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।गोष्ठीमा Integrated Traffic management system, Smart Intelligent Traffic, Face less Traffic management system, २० वर्षभन्दा पुराना सवारीको स्क्र्याप नीति कार्यान्वयन, वैज्ञानिक लाइसेन्स प्रणाली, Vehicle Fitness सुदृढीकरण तथा ब्ल्याक स्पट सुधार, सवारी आयात नीति पुनरावलोकन, Ride-sharing नियमन, Bluebook डिजिटल एकीकरण तथा बहु-निकाय समन्वय संयन्त्र स्थापना, Intelligent Traffic System (ITS) विस्तार, E-Challan तथा TVRS सुदृढीकरण र डेटा आधारित निर्णय प्रणाली विकास, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि, Post-Crash Response तथा Emergency Management प्रणाली सुदृढीकरण लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।      

अवैध गतिविधिमा संलग्न १५ जना बंगलादेशी नागरिकहरू पक्राउ
२०८३-०२-१८

       काठमाडौं, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने २५ वर्षीय MD MAJIDUL ISLAM REDOY समेत १५ जना बंगलादेशी नागरिकहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ठमेल एरियामा बंगलादेशी लगायतका विदेशी नागरिकहरूले भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित होटल ACE को चौथो, पाँचौ, छैटौ तल्लाका कोठाहरू भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबुक एकाउन्ट बनाई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको खुल्न आएको छ । उनीहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०२-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ४६ वर्षीय कृष्ण कुमार खड्का, ललितपुर महालक्ष्मी  नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौं महानगरपालिका-६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी ४७ वर्षीया निसा सिवा रहेका छन् । पक्राउ मध्ये कृष्ण कुमार र भागिरथीले क्रोएशिया, ग्रीस लगायतका देशहरू पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ५८ लाख ६८ हजार रूपैयाँ, प्रवेशले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ९० हजार रूपैयाँ, प्रज्वलले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख रूपैयाँ र निसाले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्ण कुमार र भागिरथीलाई ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट सोमबार तथा प्रवेशलाई ललितपुर महानगरपालिका-१० बाट, प्रज्वललाई काठमाडौं महानगरपालिका-७ बाट र निसालाई काठमाडौं महानगरपालिका-१६ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०२-१७

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अर्जुन बहादुर भुजेल र सोही महानगरपालिका-२६ लैनचौर घर भएका २७ वर्षीय संजय गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।              यसैगरी काठमाडौं महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४० एम्पुल, बुप्रेनोर्फिन १ सय ९ एम्पुल, फेनारगन १ सय ३४ एम्पुल र नगद १७ हजार ७ सय रूपैयाँ सहित कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली बस्ने सिन्धुली घर भएका २९ वर्षीय सुजन लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.प्र०२-०२८ प ४४७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०२-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित WWICS Immigration Services Nepal Pvt. Ltd. का संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने भारत पंजाव मोहाली घर भएका २६ वर्षीय अमित कुमार र काठमाडौं महानगरपालिका-३ बस्ने भारत हरियाणा फरिदावाद घर भएका ३९ वर्षीय राहुल कुमार, काठमाडौं तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका-६ घर भएकी २७ वर्षीया मुस्कान घिमिरे, ललितपुर, ललितपुर महानगरपालिका-२३ बस्ने मकवानपुर बकैया गाउँपालिका-९ घर भएका ३९ वर्षीय जनक बहादुर वाईबा, ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने सुनसरी रामधुनी नगरपालिका-५ घर भएका २७ वर्षीय मिलन घिमिरे, काठमाडौं महानगरपालिका-१५ बस्ने मोरङ बेलबारी नगरपालिका-३ घर भएका २७ वर्षीय कमल थापा र काठमाडौं महानगरपालिका-७ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएकी ४० वर्षीया नितु घिमिरे रहेका छन् । पक्राउ मध्ये अमित र राहुलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रूपैयाँ, मुस्कानले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, जनकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, मिलनले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ३५ हजार रूपैयाँ, कमलले बेलायत, रोमानिया लगायतका देशहरू फटाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख ५० हजार रूपैयाँ र नितुले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमित र राहुललाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, मुस्कानलाई टोखा नगरपालिका-३ बाट, जनकलाई ललितपुर महानगरपालिका-२३ बाट र मिलनलाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट आइतबार तथा कमललाई काठमाडौं नागार्जुन नगरपालिका-१ बाट र नितुलाई काठमाडौं महानगरपालिका-७ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।