बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-११-०४
- A
- A-
- A+
काठमाडौं, ४ फागुन
काठमाडौं
महानगरपालिका-११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने
सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरी बिचौलियाको काम गरी
सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ
गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय
क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यबिनायक
नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई
भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् । विशेष
सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा
उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरे पछि
उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने
सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई
प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ ।