प्रहरी कन्ट्रोल : १००
नेपा
EN

चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, ४ फागुन

            चोरी तथा डाँका सम्बन्धी कसरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका संचालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन् ।

            काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

            उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
दोस्रो प्रहरी महानिरीक्षक राष्‍ट्रिय तेक्वान्दो प्रतियोगिता, २०८२ उद्‍घाटन समारोह सम्पन्‍न
२०८२-०९-२०

काठमाडौं, २० पुस   नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा २ दिवसिय “दोस्रो प्रहरी महानिरीक्षक राष्‍ट्रिय तेक्वान्दो प्रतियोगिता, २०८२”को उद्‍घाटन समारोह  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख तथा नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ ।  मिति २०८२/०९/२० गतेबाट दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल भरका ४४ वटा विद्यालयका  कुल ६५३ जना विद्यार्थीहरु सहभागिता रहने छ । प्रतियोगिताको उद्‍घाटन समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नेपाल पुलिस स्कुल, सामाखुसीले शिक्षा र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै IGP National Taekwondo Championship को  सुरुवातले तेक्वान्दो खेडालीको रुपमा भविष्‍यमा राष्ट्रिय योगदान दिन सक्ने जनशक्तिको उत्पादन तथा विकास हुनेमा विश्वास व्यक्त गर्दै खेलमा कसैको हार नभई सिकाई हुने हुदा सबै सहभागी खेलाडीहरुलाई जितको शुभकामना समेत व्यक्त गर्नु भयो । खेललाई प्रोत्साहन गर्नु गौरवपूर्ण कार्य भएको बताउदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले खेलले  शारीरिक तथा मानसिक विकास गर्नुका साथै निर्णय क्षमताको विकास गरी सम्वन्धित व्यक्तिको आत्मविश्‍वासमा बढवा दिई  नैतिकवान् तथा अनुशासित बनाई समग्र व्यक्तिको व्यक्तित्व विकासमा समेत सहयोग पुर्‍याउने वताउनु भयो ।  कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य श्री रामप्रसाद भुसाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल सामाखुसीका समादेशक प्रहरी निरीक्षक महेश के.सी., सहभागी विद्यालयका शिक्षकहरु, निर्णायक समितिका सदस्यहरु र विद्यार्थीहरु लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३५ ग्राम सहित २ जना नियन्त्रणमा
२०८२-०९-१८

मिति २०८२।०९।१७ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल नजिक रहेको एक गेष्ट हाउसको कोठामा लागु औषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भइ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले २ जनालाई ३५ ग्राम लागु औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो पदार्थ लगायत सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको । पक्राउ परेका मानिसहरू १.         जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने वर्ष ३२ को विशाल राई । २.         जिल्ला सुनसरी, कोशी गाउँपालिका २ घर भइ ऐ. बस्ने वर्ष २४ को दयानन्द यादव । बरामद सामानहरू १.         लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ - ३५ ग्राम २.         तौल गर्ने डिजिटल तराजु थान - १ ३.         मोबाइल  थान - ३

६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित मानिस पक्राउ
२०८२-०९-१८

काठमाडौं महानगरपालिका ४ बलुवाटार स्थित रहेको स्र्टोर्म नेटवर्क प्रा.लि.को रु.४८,७२,६२०।- (अक्षरेपि अठचालीस लाख बहत्तर हजार छ सय बीस) र ईको भ्याली प्रा.लि.को रु.८,५८,५४१।- (अक्षरेपि आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस) चोरी गर्ने काठमाडौं महानगरपालिका २ खुर्सीनिटार बस्ने वर्ष २४ को दुर्गा बहादुर के.सी.लाई पक्राउ गरेको छ ।  मिति २०८२।०९।१२ गते राती चोरी गरी फरार रहेका निजलाई  खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको हो । निजको साथबाट नगद रकम रु.६५,१७,१४०।- (अक्षरेपि पैँसट्ठी लाख सत्र हजार एक सय चालीस) सहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान  १५, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो थान  २८ चाँदी जस्तो देखिने सेतो धातुको थान  १  Dell कम्पनीको ल्यापटप थान  १ बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट सहित ६ जना पक्राउ
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते २१:३० बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोक स्थितबाट निम्न मानिसहरूलाई चेकजाँच गर्दा एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३)सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।  पक्राउ परेका मानिसहरू १.      जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा । २.      ऐ.ऐ. घर भइ ऐ.ऐ. बस्ने वर्ष ४४ को पासाङ शेर्पा ।३.      जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को प्रकाश गुरुङ ।४.      जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका १० घर भइ ऐ. ६ बस्ने वर्ष ४२ की रेणुका भारती । ५.      जिल्ला सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर भइ ऐ. ६ बस्ने वर्ष ६५ को गोकर्ण थापा । ६.      जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ३ बस्ने वर्ष ४३ को सुक बहादुर स्याङ्बो ।