प्रहरी कन्ट्रोल : १००
नेपा
EN

चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, ४ फागुन

            चोरी तथा डाँका सम्बन्धी कसरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका संचालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन् ।

            काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

            उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही प्रहरीले  महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित प्रहरीले कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न ४ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहतिले ४ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।