११६३ जना फरार अपराधी पक्राउ
२०७९-११-०४
- A
- A-
- A+
सम्मानित अदालतहरूको आदेशले विभिन्न मुद्दामा कैद र जरिवाना फैसला भई फरार रहेका अपराधीलाई कानून बमोजिम पक्राउ गर्ने कार्यलाई उपत्यका प्रहरी कार्यालयले तिव्रता दिएको छ ।
चालु आर्थिक बर्ष ०७९।०८० को श्रावण देखि फागुन ३ गते सम्म ११६३ जना फरार अपराधी पक्राउ गरिएको छ । उनिहरूबाट १३७ बर्ष १ महिना ९ दिन कैद र जरिवाना वापत १७ करोड ३८ लाख ८ हजार ५० रुपैया ९ पैसा असुल उपर गर्नु पर्ने फैसला भएको थियो ।
पिडितलाई न्यायको प्रत्याभुती र अपराधीलाई कानून बमोजिम सजाय दिलाउन उपत्यका प्रहरी कार्यालय रानीपोखरीले २०७९ मंसिर २८ गते प्रहरी उपरीक्षकको नेतृत्वमा सात सदस्यिय टोली गठन गरी फैसला कार्यान्वयनलाई तिव्रता दिएको छ । चालू आ.व २०७९।८० को श्रावण देखी मंसिर सम्म १६६ जना र टोली गठन भएपश्चात थप ९९७ जनालाई पक्राउ गरिएको हो ।
गत आ.व.२०७८।०७९ मा जम्मा २९१ फरार व्यक्तिहरू पक्राउ परेका थिए र उनीहरूबाट ४८ बर्ष १५ दिन कैद भुक्तानका साथै बिगो बापत कुल १० करोड ५३ लाख ५२ हजार ४० रुपैया ३४ पैसा असुल उपर गर्नको लागी सम्बन्धित निकायमा बुझाइएको थियो ।
दोषी ठहर भएका अपराधी समाजमा खुलेआम हिँडडुल गर्दा समाजमा दण्डहिनता मौलाउने, अपराधिहरुको मनोबल वृद्धि हुने र पीडितलाई मानसिक र शारीरिक रुपमा गम्भिर असर समेत पर्ने भएकाले फरार अपराधीहरुको पक्राउका लागि यो अभियान चलाइएको हो र फैसला कार्यान्वयन गर्ने कार्य निरन्तर रहने छ ।