प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अवैध लागूऔषध सहित १ जना प्रक्राउ

२०७९-०९-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, ७ पुस

 काठमाडौं महानगरपालिका-४ शंखपार्कबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-९ घर भएका २४ वर्षीय काजी शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चेकिङमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा पठाओ मोटरसाइकलमा सवार शेर्पाको साथबाट ६० ग्राम सहित फेला पारी थप अनुसन्धान गर्ने क्रममा उनी बस्ने गेष्ट हाउसको कोठाबाट थप ४० ग्राम र नगद ६ हजार ५ सय रूपैयाँ सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सालिनदि धार्मिक मेला सम्पन्न ।
२०८२-१०-१८

   श्री माधव नारायण स्वस्थानी व्रत तथा साली नदी एक महिने मेला अवधिभर श्रद्धालु भक्तजनहरूको सुरक्षालाई मध्यनजर गर्दै सञ्चालन गरिएको नागरिक सहायता कक्षले उल्लेखनीय कार्य गरेको छ ।     नागरीक सहायता कक्षले अन्दाजी ३ तोला सुनको ब्रासलेट, एटिएम कार्ड,वलुबुक,बैंकंको चेक, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा कोष कार्ड,नागरीकता लगायत महत्वपुर्ण कागजपत्र फेला पारी धनिलाई जिम्मा लगाएको हो ।त्यस्तै बिभिन्न कम्पनिको ५ थान मोबाईल फोन पनि प्रहरी फेला पारी सम्बन्धित धनिलाई हस्तान्त्रण गरेको छ ।        प्रहरी प्रभाग साँखु,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र साँखुले मेला अवधिभर हराएका सामग्री फेला पार्न,भक्तजनलाई सहयोग पुर्‍याउन र सुरक्षित वातावरण कायम राख्न निरन्तर रूपमा सक्रिय रहेको कार्य प्रति स्थानीयवासी तथा भक्तजनहरूले प्रशंसा व्यक्त गरेका छन ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-१०-१४

माघ १४ गते बुधबार        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको समुपस्थितिमा जनपद प्रहरी तर्फ प्रहरी हवल्दारबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्र.व.ह. अजित कुमार पाण्डे , प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार पदमा पदोन्नती हुनु भएका प्र.ह. रुपलाल नाउ र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्र.स.ह.यशोदा श्रेष्‍ठलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।          कार्यक्रममा प्रहरी नायव महानिरीक्षक,प्रहरी बरिष्ठ उपरीक्षकहरु,प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
२०८२-१०-११

माघ ११ आईतबार     नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।आज बिहान साढे ६ बजे चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ ००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो।प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी ईटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।बरामद पदार्थको तौल गर्दा शुद्ध ७ ग्राम रहेको पुष्टि भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भै रहेको छ ।