प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन

२०७९-०७-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, २२ कात्तिक

          प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार निर्देशन सम्बोधन गर्नुभएको छ ।

          प्रहरी नायव महानिरीक्षक राणाले निर्वाचनको समयमा हुन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुसार कार्ययोजना बनाई गाडि बढ्न निर्देशन दिनुभयो । सम्पूर्ण देश चुनावी माहोलमा रहेको अवस्थामा प्रहरी अझै थप सक्रिय भई प्रहरीको दैनिक काम कारवाहीलाई समेत निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

          प्रहरी नायव महानिरीक्षक राणाले आफू मातहतका प्रहरी कर्मचारीहरुलाई थप उर्जाशील बनाउनका लागि सम्पूर्ण कार्यालयका प्रमुखहरूले आवश्यकता अनुसार सम-सामायिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिनुपर्ने बताउनुभयो । संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामुहिभावना र एकिकृत भई कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै 'Helping Hand' का रुपमा रहेका म्यादी प्रहरीको समेत प्रभावकारी रूपमा परिचालन गरी निर्वाचनको समयमा शान्ति सुरक्षालाई थप सुदृढ एवं मजबुद बनाउन उपस्थित कार्यालयका प्रमुखहरूलाई प्रहरी नायव महानिरीक्षक राणाले निर्देशन दिनुभयो । 

सम्बन्धित समाचार
ट्राफिक सप्ताहको चौथो दिन सांस्कृतिक कार्यक्रम गरि कलंकीमा सम्पन्न ।
२०८२-०९-२९

पुष २९ गते मंगलबार ट्राफिक सप्ताहको आजको कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक राजिव वस्नेतले स्वागत मन्तव्य  राख्नु भएको उक्त कार्यक्रममा पानसमा बत्ति बालि कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी काठ्माडौं उपत्यका प्रहरी कार्यालय प्रमुख कार्कीले गर्नु भयो । ट्राफिक सप्ताह ट्राफिक सचेतना फैलाउने उदेश्यले संचालनमा ल्याईएको हुँदा यस्ता कार्यक्रमले प्रहरीलाई काम गर्न हौसला प्रदान गर्ने र सवारी दुर्घटना न्युनिकरणमा ठुलो योगदान पुग्ने कुरा प्रमुख अतिथी कार्कीले  बताउनु भयो । कार्यक्रमको आवस्यकता बारे काठ्माडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले आफ्ना भनाईहरु राख्नु भयो । त्यस्तै उप प्रध्यापक डा. बुद्धिमान श्रेष्ठले सांगितिक प्रस्तुतीको खुलेर प्रशंसा गर्नु भयो । गायक पशुपति शर्मा,प्रकाश कटुवाल , बालचन्द्र बराल लगायतले आफ्नो प्रस्तुतिकरण राख्नु भएको उक्त कार्यक्रममा नेपाल प्रहरी तथा अन्य क्षेत्रबाट आमन्त्रित कलाकारहरुले समेत आ- आफ्ना प्रस्तुतिहरू राख्नु भयो । ट्राफिक प्रहरीको भवन निर्माण कार्यमा सहयोग पुर्याउनुहुने महानुभावलाई कार्यक्रमका प्रमुख अतिथीले सम्मान पत्र द्ववारा सम्मान गर्नु भयो । कार्यक्रममा प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारी सहित यातायात व्यवसायी,कलाकार,पत्रकार तथा दर्शकहरूको बाक्लो उपस्थिती रहेको थियो । 

बालाजुबाट भन्सार छलिको ४०० बोरा युरिया मल तथा ६० बोरा मकै सहित चालक नियन्त्रणमा
२०८२-०९-२८

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु पुल नजिकबाट ना ६ ख ७०११ नम्बरको मालबाहक ट्रकमा भन्सार छलिको सामानहरु ल्याएको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बाहिर पट्टी मकैको बोराले बेरी भित्र पट्टी लुकाई छिपाई राखेको अवस्थामा ४०० बोरा युरिया मल (४०० बोरामा प्रति बोरा ४५ किलो) तथा ६० बोरा मकै (६० बोरामा प्रति बोरा ५० किलो) समेत मालवाहक ट्रक तथा चालक जिल्ला रौतहट बृद्धाबन नगरपालिका वडा नं.०६ घर भई बस्ने बर्ष अं.२५ को राज कुमार महत्तोलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचर बुझाइएको छ ।

अवैध लागूऔषध सहित उपत्यकाको विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०९-२७

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २५ वर्षीय मन्दत राई र टोखा नगरपालिका-९ दिपज्योती बस्ने नवलपरासी पश्चिम घर भएका २९ वर्षीय प्रविण ज्ञवाली रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले मन्दतको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्धबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय ८३ एम्पुल, डाईजेपाम १ हजार २ सय ९३ एम्पुल र बुप्रेनोर्फिन १ हजार २ सय ९३ एम्पुल सहित गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने मकवानपुर घर भएका ४२ वर्षीय रामराज गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध फेनारगन ८३ एम्पुल, डाईजेपाम ८५ एम्पुल, नोर्फिन १९ एम्पुल र बुप्रेनोर्फिन ६० एम्पुल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-६ बस्न ४१ वर्षीय पाण्डे भन्ने निर्मल लामा र ५१ वर्षीय घैटे भन्ने अर्जुन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को दोस्रो दिन विविध कार्यक्रम गरी सम्पन्न”
२०८२-०९-२७

ट्राफिक सप्ताह अन्तर्गत आज दोस्रो दिन  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख अतिथ्यतामा नयाँ बसपार्कबाट छुट्ने चालक तथा सहचालकहरू लगायत यात्रु महानुभावहरुको आँखा जाँच शिविर कार्यक्रमका साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा ट्राफिक जनचेतनामूलक प्लेकार्ड प्रदर्शन, पैदलयात्रुलाई  सुरक्षित तरिकाले बाटो काट्न सिकाउने,यात्रु तथा पैदलयात्रुसँग २ मिनेट कार्यक्रम, चालक र परिचालकसँग २ मिनेट कार्यक्रम, दुई पाङ्ग्रे  र चार पाङ्ग्रे सवारी साधन लक्षित कार्यक्रम गरी सम्पन्न भएको छ । “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ मिति २०८२।०९।२७ गते बाट माघ ३ गतेसम्म संचालन हुने ट्राफिक सप्ताहमा पैदलयात्रुलाई  सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रिकालिन् सवारी चालक र परिचालकलाई सचेतनामूलक कार्यक्रम लगायत विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरू संचालन हुनेछन् ।

प्र.म.नि. ज्यूको प्रमुख आतिथ्यमा ट्राफिक सप्ताहको शुभारम्भ पौष २६ गते शनिवार
२०८२-०९-२६

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा आज देखि ट्राफिक सप्ताह सुरु भएको छ ।  दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को र्‍याली काठमाडौको बसन्तपुरमा सुरु भई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा पुगेर औपचारीक सभाको रुपमा परिणत भएको हो ।  काठ्माडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उक्त अबसरमा स्वागत मन्तव्य प्रस्तुत गर्नु भयो । कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार हरिबंस आचार्यले ट्राफिक व्यवस्थापनलाई वेवास्था गरेमा भोलीका दिनमा असहज अबस्था शिर्जना हुन सक्ने बताउनु भयो। काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले यस अघि आफुले ट्राफिक स्वयंम सेवकको भुमिका निर्वाह गरेको स्मरण गर्दै  ट्राफिक व्यवस्थापन एउटा पक्षको मात्र जिम्मेवारी नभई सबै पक्षको उत्तिकै भुमिका हुने बताउनु भयो । कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष,मजदुर संगठनका अध्यक्ष लगायतले ट्राफिक सप्ताह सफलतामा संस्थागत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्रफिक नियमको पालना मानिसको आफ्नो स्वयम सुरक्षाको लागी भएको र यसको पालनाले मानिसको सभ्यता मापन हुने बताउनु भयो । भदौ २४ गते तोडफोड भै पुर्ण रुपमा क्षति ग्रस्त भएको मेट्रो ट्राफिक एफ.एमको समेत प्रमुख अतिथी प्रहरी महानिरिक्षक कार्कीले सोही अबसरमा उद्‌घाटन गर्नुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले उपस्थित सबै जनामा धन्यबाद ज्ञापन गर्नु भयो । कार्यक्रममा प्रहरी बरिष्ठ अधिकृतहरु ,काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापन सँग सरोकार राख्ने सम्पुर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार, बिधार्थी,समुदायका सकृय महानुभावहरुको उपस्थिती रहेको थियो । ट्राफिक सप्ताहको  अवसरमा पैदलयात्रुलाई  सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम,रात्रिकालिन सवारीका चालक र परिचालकलाई सचेतना कार्यक्रम लगायतका विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरु संचालन हुने छन ।