प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्वाचन केन्द्रित सुरक्षा समन्वयात्मक बैठक सम्पन्न

२०७९-०७-०२

  • A
  • A-
  • A+
Share

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७९ केन्द्रित सुरक्षा समन्वयात्मक बैठक उपत्यका कमाण्ड हेडक्वाटर नारायणहिटी काठमाडौंमा बुधबार सम्पन्न भएको छ । निर्वाचनको सुरक्षा चुनौती र काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा  उपत्यका पृतनापति उपरथी योगराज शर्मा, काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक, सशस्त्र प्रहरी बल नेपाल, श्री नं.९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका सह- अनुसन्धान निर्देशक भूमी पाठक र अन्य सुरक्षा अधिकृतहरूको उपस्थिति रहेको थियो । बैठकले सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सुरक्षा योजना बमोजिम सबै सुरक्षा निकायको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने तथा  नियमित तथा आकस्मिक रूपमा  छलफल एवम् समन्वय गरी उपत्यकाको निर्वाचन लाई निष्पक्ष, त्रुटिरहित, भयरहित एवम् शान्तपुर्ण वातारणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।
२०८२-०९-११

काठमाडौं, ११ पुसकाठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्नुपर्ने बोली व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरी नागरिकमैत्री सेवा प्रदान गर्नुका साथै तालुक कार्यालयहरुबाट भएको नीति निर्देशन अक्षरंस पालना गर्न निर्देशन दिनुभयो ।    सडकमा खटिने ट्राफिक प्रहरी प्रति राज्यका हरेक निकाय तथा आम नागरिकसम्मको चासो  हुने हुदा ट्राफिक प्रहरीले गर्नुपर्ने काम कर्तव्यलाई मध्यनजर गरी जवाफदेही तवरले कार्य सम्पादन गर्न समेत निर्देशन दिनुभयो ।   ट्राफिक प्रहरीद्वारा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत ट्राफिक प्रहरी परिसर, वृत्त र प्रभाग प्रमुखहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो 

६० वटा सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०९-११

काठमाडौं, ११ पुस  काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गडमा सवारी साधन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।   काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधनहरु (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । यस आर्थिक बर्षमा आज बुझाइएका ६० वटा सहित १८१ वटा सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ, साथै चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरी सम्बन्धित धनिहरुले सवारी प्राप्त गरे पश्चात सवारी धनिहरुले उपस्थित प्रहरी कर्मचारीहरुलाई खादा माला लगाई ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त गर्नुका साथै केक काटी खुशी व्यक्त गर्नु भएको थियो ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने धादिङ निलकण्ठ नगरपालिका-१३ घर भएका २४ वर्षीय सुजन आले मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सुजनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।