प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्र.अ.म.नि रबिन्द्र बहादुर धानुकबाट मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन

२०७९-०५-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले मातहत कार्यालयका प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा शुक्रवार विहान निर्देशन दिनु भएको छ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी चाडपर्व लक्षित भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न निर्देशन दिनु भयो । विशेष गरी चाड पर्वमापाकेटमारीचोरीडकैती र लुटपाटका घटना हुन सक्ने तथा बैंकवित्तीय संस्थाअति भीडभाड हुने स्थानमेला लाग्ने मठमन्दिर लगायत क्षेत्रहरूमा भरपर्दो सुरक्षा व्यबस्था मिलाउन मातहत कार्यालयलाई निर्देशन दिनु भयो ।

समुदाय संगको सहकार्यले अपराध रोकथाम र नियन्त्रणमा उल्लेखनीय भुमिका खेल्ने बताउदै विद्यालत तथा समाजमा प्रहरीको काम कर्तव्य लगाएत साइवर क्राइम,लागुऔषध, ट्राफिक व्यवस्थापन लगाएतका सचेतनामुलक कार्यक्रमहरू अझ बढि संचालन गर्न पनि निर्देशन दिनु भयो ।

Punishment र Reward तत्कालै गर्ने भन्दै राम्रो काम गर्ने लाई तत्काल पुरस्कृ गर्ने र कोही कसैले प्रहरी आचरण विरुद्ध प्रहरी संगठनको आँच आउने कार्य गरेमा तत्कालै सजाय गर्न पनि उहाले बताउनु भयो । साथै उहाँले आफ्नो अधिकार क्षेत्र भित्र रहेर सोही अनुसार गर्न  मातहत कार्यालय प्रमुखहरूलाई समेत निर्देशन दिनु भयो ।  

आर्थिक पारदर्शितामहिला हिंसायौनजन्य हिंसालाई शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपना कानून कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरूप्रहरी उपरीक्षकहरूप्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
दोस्रो प्रहरी महानिरीक्षक राष्‍ट्रिय तेक्वान्दो प्रतियोगिता, २०८२ उद्‍घाटन समारोह सम्पन्‍न
२०८२-०९-२०

काठमाडौं, २० पुस   नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा २ दिवसिय “दोस्रो प्रहरी महानिरीक्षक राष्‍ट्रिय तेक्वान्दो प्रतियोगिता, २०८२”को उद्‍घाटन समारोह  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख तथा नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ ।  मिति २०८२/०९/२० गतेबाट दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल भरका ४४ वटा विद्यालयका  कुल ६५३ जना विद्यार्थीहरु सहभागिता रहने छ । प्रतियोगिताको उद्‍घाटन समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नेपाल पुलिस स्कुल, सामाखुसीले शिक्षा र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै IGP National Taekwondo Championship को  सुरुवातले तेक्वान्दो खेडालीको रुपमा भविष्‍यमा राष्ट्रिय योगदान दिन सक्ने जनशक्तिको उत्पादन तथा विकास हुनेमा विश्वास व्यक्त गर्दै खेलमा कसैको हार नभई सिकाई हुने हुदा सबै सहभागी खेलाडीहरुलाई जितको शुभकामना समेत व्यक्त गर्नु भयो । खेललाई प्रोत्साहन गर्नु गौरवपूर्ण कार्य भएको बताउदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले खेलले  शारीरिक तथा मानसिक विकास गर्नुका साथै निर्णय क्षमताको विकास गरी सम्वन्धित व्यक्तिको आत्मविश्‍वासमा बढवा दिई  नैतिकवान् तथा अनुशासित बनाई समग्र व्यक्तिको व्यक्तित्व विकासमा समेत सहयोग पुर्‍याउने वताउनु भयो ।  कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य श्री रामप्रसाद भुसाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल सामाखुसीका समादेशक प्रहरी निरीक्षक महेश के.सी., सहभागी विद्यालयका शिक्षकहरु, निर्णायक समितिका सदस्यहरु र विद्यार्थीहरु लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३५ ग्राम सहित २ जना नियन्त्रणमा
२०८२-०९-१८

मिति २०८२।०९।१७ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल नजिक रहेको एक गेष्ट हाउसको कोठामा लागु औषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भइ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले २ जनालाई ३५ ग्राम लागु औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो पदार्थ लगायत सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको । पक्राउ परेका मानिसहरू १.         जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने वर्ष ३२ को विशाल राई । २.         जिल्ला सुनसरी, कोशी गाउँपालिका २ घर भइ ऐ. बस्ने वर्ष २४ को दयानन्द यादव । बरामद सामानहरू १.         लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ - ३५ ग्राम २.         तौल गर्ने डिजिटल तराजु थान - १ ३.         मोबाइल  थान - ३

६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित मानिस पक्राउ
२०८२-०९-१८

काठमाडौं महानगरपालिका ४ बलुवाटार स्थित रहेको स्र्टोर्म नेटवर्क प्रा.लि.को रु.४८,७२,६२०।- (अक्षरेपि अठचालीस लाख बहत्तर हजार छ सय बीस) र ईको भ्याली प्रा.लि.को रु.८,५८,५४१।- (अक्षरेपि आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस) चोरी गर्ने काठमाडौं महानगरपालिका २ खुर्सीनिटार बस्ने वर्ष २४ को दुर्गा बहादुर के.सी.लाई पक्राउ गरेको छ ।  मिति २०८२।०९।१२ गते राती चोरी गरी फरार रहेका निजलाई  खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको हो । निजको साथबाट नगद रकम रु.६५,१७,१४०।- (अक्षरेपि पैँसट्ठी लाख सत्र हजार एक सय चालीस) सहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान  १५, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो थान  २८ चाँदी जस्तो देखिने सेतो धातुको थान  १  Dell कम्पनीको ल्यापटप थान  १ बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट सहित ६ जना पक्राउ
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते २१:३० बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोक स्थितबाट निम्न मानिसहरूलाई चेकजाँच गर्दा एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३)सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।  पक्राउ परेका मानिसहरू १.      जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा । २.      ऐ.ऐ. घर भइ ऐ.ऐ. बस्ने वर्ष ४४ को पासाङ शेर्पा ।३.      जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को प्रकाश गुरुङ ।४.      जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका १० घर भइ ऐ. ६ बस्ने वर्ष ४२ की रेणुका भारती । ५.      जिल्ला सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर भइ ऐ. ६ बस्ने वर्ष ६५ को गोकर्ण थापा । ६.      जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ३ बस्ने वर्ष ४३ को सुक बहादुर स्याङ्बो ।