मातहत कार्यालयका प्रमुखहरुसंग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर
२०७९-०५-१२
- A
- A-
- A+
काठमाडौं उपत्यका प्रहरी कार्यालयका
प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले काठमाडौं उपत्यका
प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसंग बार्षिक कार्य सम्पादन सम्झौतामा
हस्ताक्षर गर्नु भएको छ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज
प्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक रबिन्द्र बहादुर धानुकबीच गत श्रावण २५ गते बार्षिक कार्य सम्पादन
सम्झौता भए अनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच
मातहत कार्यालयका प्रमुखहरू संग कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु
भएको हो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक
रबिन्द्र बहादुर धानुक र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी
नायव महानिरीक्षक श्यामलाल ज्ञावली, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका
प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, जिल्ला प्रहरी परिसर
काठमाडौंका प्रमुख भरत बहादुर बोहरा, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञ
विनोद पोखरेल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित
के.सी.बीच हस्ताक्षर भएको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका
प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू अक्षरंस पालना गरि कार्यान्वयन गर्न
हुन मातहत कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिनुहुदै आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन
दिनुभयो । अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप
प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता
अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य
सम्पादन करार उपलब्धीमूलक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।