दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु सहित पक्राउ
२०७९-०५-०१
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ
धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई काठमाडौं महानगरपालिका-२६ कपुरधारा
स्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने
वस्तु २ केजी सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला
पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।