बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-२६
- A
- A-
- A+
भक्तपुर,
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण
नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको
छ ।
उच्च अदालत पाटन र जिल्ला अदालत
भक्तपुरबाट समेत गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८
लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर
भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले
तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा
पठाइएको छ ।