प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न ६ जना पक्राउ

२०७९-०४-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका-७ घर भएका ३७ वर्षीय कर्ण बहादुर गुरुङ, काठमाडौं धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका २८ वर्षीय लक्ष्मण गुरुङकाठमाडौं मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएका २९ वर्षीय रोहित मगर, काठमाडौं मित्रनगर बस्ने प्यूठान, प्यूठान नगरपालिका-८ बागदुला घर भएका २८ वर्षीय बिशाल मगर, काठमाडौं बानियाँटार बस्ने नुवाकोट शिबपुरी गाउँपालिका-६ पालथोक घर भएका २७ वर्षीय बिनोद केसी र काठमाडौं बालाजु बस्ने बर्दिया राजापुर नगरपालिका-१० घर भएका २८ वर्षीय शिब सुनार रहेका छन् ।   काठमाडौं कपुरधारास्थित सडकबाट बनस्थली बस्ने ओखलढुङ्गा चिसाङ्खुगढी गाउँपालिका-५ चिसापानी घर भएका १ जना नेपाली नागरिक र काठमाडौं लाजिम्पाटस्थित खरेलटोलबाट १ जना चिनियाँ नागरिक समेत गरी दुबै जनालाई केही व्यक्तिहरूले लिई गएको र चिनियाँ नागरिकलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद लिएर आउन भनेको सूचना प्राप्त भएको थियो ।  घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले प्रहरी वृत्त दरवारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनालाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट फेला पारी सकुसल उद्दार गरेको थियो । साथै घटनामा संलग्न उनीहरूलाई नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र १ थान हतकडी सहित पक्राउ गरेको हो । 

            उनीहरू उपर अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमती लिई जिल्ला प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही प्रहरीले  महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित प्रहरीले कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न ४ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहतिले ४ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।