प्रहरी कन्ट्रोल : १००
नेपा
EN

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा काठमाडौं बसन्तपुर डबलीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

            कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक, लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने उहाँले चर्चा गर्नुभयो । साथै उहाँले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको बताउनुभयो । 

        कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने विभिन्न संस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो । 

            प्रहरी महानिरीक्षक सिंहले ट्राफिक एफएमलाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै विशेषगरी अपराध र ट्राफिक सम्बन्धी प्रभावकारी र प्रशंसनीय सचेतनामूलक जानकारी दिने एफएम सुन्नका लागि सबैमा आग्रह गर्नुभयो । साथै उहाँले सांगितिक प्रस्तुतीबाट मनोरञ्जन समेत दिँदै आएको एफएमलाई यो स्थानमा पुर्‍याउन स्रोता र विशेष गरी महानगरपालिकाको सहयोग रहेको उल्लेख गर्नुभयो । 

            कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रहरी र महानगरपालिकाले आ-आफ्नो क्षेत्रमा सहकार्य गरेर आफूले संचालन गर्ने कार्यमा सफलता हासिल गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । विगतमा महानरगपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संचालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

            साँस्कृतिक कार्यक्रमको माध्यमबाट सडक सुरक्षा र ट्राफिक सचेतना फैलाउने उद्देश्यले मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा गायन, नृत्य, नाटक लगायत विभिन्न सांगितिक प्रस्तुती गरिएको थियो । 

            कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सडक विभाग, यातायात व्यवस्था विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण कार्यालयका प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं महानगरपालिकाका १२ वटा वडाका प्रमुख तथा प्रतिनिधिहरू, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-०८

काठमाडौं, टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-१२ धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२ वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०८

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बिच कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भि. जडान गर्ने  सम्बन्धमा समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।       सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नागरीक सुरक्षाको लागी मुख्य सरोकारवाला निकाय नेपाल प्रहरी भएकाले नेपाल प्रहरीसँग सहकार्य गरि सि.सि क्यामेरा जडान गर्न लागिएको बताउनु भयो । सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको सुरक्षालाई मध्यनजर गरी स्थानिय सरकारले गरेको लगानीमा आफुहरुले पुर्ण रुपमा सहयोग गरि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०७

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीको  तर्फबाट आयोजना निर्देशक मचाकाजी महर्जन बिच काठमाडौंको गोकर्ण देखि बल्खु सम्म बागमति नदि करिडोरमा सि.सि.टि.भि. जडान  सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।       सो कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका निर्देशक मचाकाजी महर्जनले नागरीक सुरक्षाको लागी नेपाल प्रहरीसँग सहकार्य गर्न पाँउदा खुसि व्यक्त गर्नुभयो ।सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको शान्ति सुरक्षालाई मध्यनजर गरी यहाँहरुले लगानी गरिदिनु भऐकोमा नेपाल प्रहरीको तर्फबाट धन्यबाद  व्यक्त गर्नुभयो ।      कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका पदाधिकारीहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

‘सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्य शुभारम्भ
२०८२-१०-०७

ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन तथा सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट शुभारम्भ भएको छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायात नागरिकको पहुँचमा हुने भएकाले यसलाई प्रविधियुक्त बनाउन आवश्य रहेको बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा आजबाट संचालनमा आएको हो । उक्त कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सफल बनाउन बिभिन्न क्षेत्रबाट भूमिका खेल्ने संघ-संस्था र व्यक्तिहरूलाई कदर-पत्रद्वारा सम्मान गरिएको थियो ।            कार्यक्रममा NAIMA, NADA का प्रतिनिधि,यातायात व्यवसायी, कलाकार, ट्राफिक प्रहरी कर्मचारीहरू तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।