बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-०९
- A
- A-
- A+
काठमाडौं,
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मनहरा नगरपालिका-६
कागेश्वरी बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-५ घर भएका ५२ वर्षीय नेमा मेन्जन
लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललिरपुरको २०७९ जेठ ३१
गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद,
७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क
भराउने गरी फैसला भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा
जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि
ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको छ ।