प्रहरी अतिरिक्त महानिरीक्षकको पदभार ग्रहण तथा बिदाई कार्यक्रम सम्पन्न
२०७९-०२-२६
- A
- A-
- A+
नेपाल सरकार, (मन्त्रिपरिषद) को मिति २०७९/०२/२३ गतेको निर्णय अनुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग नक्सालबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरूवा भई आउनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकज्यूले यस कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।
साथै नेपाल सरकार, (मन्त्रिपरिषद) को सोही मितिको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंमा पदस्थापना हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीज्यूलाई आज एक समारोहका बिच बिदाई गरिएको छ ।
उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकज्यूले यस कार्यालयको तर्फबाट “मायाको चिनो” प्रदान गर्नु भयो र विदाई भई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजमा जान लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकलाई उहाँको कार्यकाल शुभ तथा सफल रहोस भनि शुभकामना दिनुभयो ।
सम्बोधनका क्रममा नेपाल प्रहरीको प्रमुख दायित्व मुलुकको शान्तिसुरक्षा व्यवस्थापन गरी आम नागरिकको जिउधन र स्वतन्त्रको रक्षा गरी कानुन बमोजिम निर्दिष्ट गरिएका जिम्मेवारीहरू कानुन सम्मत तरिकाले कार्यान्वयन गर्न मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुदै वहाँले उपत्यका प्रहरीले सम्पादन गर्ने कार्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत चासो रहने हुनाले सम्रग राष्ट्र तथा संगठनको छवी उच्च राख्ने गरि अनुशासित र निष्पक्ष ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
कार्यक्रमको अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीज्यूले बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा सम्पुर्ण प्रहरी कर्माचारीहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा यस कार्यालय तथा मातहतबाट प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।