प्रहरी कन्ट्रोल : १००
नेपा
EN

पेस्तोल सहित २ जना मानिस नियन्त्रणमा

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

मिति २०७९/०२/१२ गते १३:४० बजेको समयमा जिल्ला ललितपुर महानगरपालिका ८ बालकुमारीबाट बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको बिशेष टोलिले जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं.१५ घर भई बस्ने २० को सुरेन्द्र थीङ र सर्लाही लालबन्दी नगरपालिका वडा नं. १५ घर भइ बस्ने बर्ष ३९ को विर बहादुर बम्जनलाई   MADE IN USA  लेखिएको अटोमेटिक पेस्तोल थान- १ ऐ. म्याग्जिन थान- २ र गोली ४ राउण्ड सहित  नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको ।

सम्बन्धित समाचार
‘लागु औषधमुक्त युवा, मानव बेचबिखनमुक्त समाज- सुरक्षित भविष्य, समृद्ध नेपाल ।’ भन्ने मुल नाराका साथ प्रभात फेरी कार्यक्रम सुभारम्भ ।
२०८३-०३-२२

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा प्रहरी प्रभाग गोंगबुँमा नव-निर्मित दुर्गा भगवती मुर्तीको प्राण प्रतिष्ठा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमलाई लक्षित गरी प्रहरी वृत्त, महाराजगंज, प्रहरी प्रभाग र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको आयोजना र अनाहत नेपालको सहकार्यमा आयोजित “सुरक्षित समाज निर्माणका लागि आन्तरिक मानव बेचबिखन नियन्त्रण तथा लागु औषध दुर्व्यसनविरुद्ध  साप्ताहिक कार्यक्रम” अन्तर्गत नयाँ बसपार्कबाट प्रभात फेरी कार्यक्रम सुरू भई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको भवनमा गई  शुभारम्भ  गरिएको छ  ।   उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरे, नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष  पुण्य प्रसाद सिटौला, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि र संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-२०

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा नगरपालिका-३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेका छन् ।  पक्राउ मध्ये सरोजले आयरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ र अनिलले युएई पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-८ बाट शुक्रबार र अनिललाई टोखा नगरपालिका-६ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रहरी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२०

काठमाडौं, प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्ने इलाम, इलाम नगरपालिका-१० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दिपिकाले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै पोशाक लगाएको तस्बिर देखाई विभिन्न आश्‍वासन दिई आफ्नो ई-सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाई निवेदकलाई झुक्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने कार्यमा संलग्न रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गंगबुबाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।