प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित २ जना मानिस नियन्त्रणमा

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

मिति २०७९/०२/१२ गते १३:४० बजेको समयमा जिल्ला ललितपुर महानगरपालिका ८ बालकुमारीबाट बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको बिशेष टोलिले जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं.१५ घर भई बस्ने २० को सुरेन्द्र थीङ र सर्लाही लालबन्दी नगरपालिका वडा नं. १५ घर भइ बस्ने बर्ष ३९ को विर बहादुर बम्जनलाई   MADE IN USA  लेखिएको अटोमेटिक पेस्तोल थान- १ ऐ. म्याग्जिन थान- २ र गोली ४ राउण्ड सहित  नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको ।

सम्बन्धित समाचार
प्रहरी निरीक्षक रमेश सापकोटाको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०६-३०

आज मिति २०८२/०६/३० गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी निरीक्षक रमेश सापकोटाको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       मिति २०५३।०२।१४ गते सेवा प्रवेश गरी तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८२।०५।२३ गतेको पत्रादेशानुसार प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम २ बमोजिम उमेर हदको आधारमा मिति २०८२।०६।३० गते अनिवार्य अवकाश भई जान लाग्नु भएका प्रहरी निरीक्षक रमेश सापकोटालाई यस कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको कर्मठ सिपाहीको रुपमा आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी निरीक्षक रमेश सापकोटालाई धन्यबाद व्यक्त गर्नुहुर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो । साथै अवकासपछीको जीवनमा पनि राष्ट्र र समाजको हितको लागि नेतृत्वदायी भुमिका निर्वाह गर्दै पुर्व प्रहरीको रुपमा नेपाल प्रहरीको साखलाई उच्च राख्ने कार्य गर्न सुझाव समेत दिनु भयो ।     प्रहरी निरीक्षक रमेश सापकोटाले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धिताल, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

आन्दोलनका क्रममा क्षति भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यालय सञ्चालनका लागी कम्प्युटर, प्रिन्टर तथा युपिएस हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०६-२९

काठमाडौं, २९ असोज  काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालित आसरा सुधार केन्द्रको २९औ वार्षिकोत्सवको अवसरमा कार्यालय सञ्चालनका लागी कम्प्युटर, प्रिन्टर  तथा युपिएस हस्तान्तरण गरिएको छ । मिति २०८२/०५/२३ र २४ गते उपत्यकाका विभिन्न ठाँउहरूमा आन्दोलन तथा प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा परेका नेपाल प्रहरीका विभिन्न कार्यालयहरूमा पुगेको क्षतिलाई मध्यनजर गर्दै नेपाल प्रहरी श्रीमती संघको तर्फबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । प्राप्त सामग्रीहरुमा कम्प्युटर – ५ थान, प्रिन्टर – ५ थान सहित युपिएस रहेका छन ।कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नेपाल प्रहरी श्रीमती संघले विगतको समयमा पनि विभिन्न प्राकृतिक विपत्तिबाट पीडित परिवार तथा समुदाय लगायत पिछडिएको क्षेत्रमा आवश्यक सहयोग गरेको स्मरण गर्दै आसरा सुधार केन्द्रको २९औ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नु भयो । साथै नेपाल प्रहरी हरेक विषम् परिस्थितिमा अग्र पङ्क्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले, समाजमा प्रहरीको आवश्यकतालाई बोध गरी यस विषम् परिस्थितिमा सहयोग गरेकोमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी श्रीमती संघलाई धन्यबाद व्यक्त गर्नु भयो  ।   मन्तव्यको क्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष भावना श्रेष्ठ खापुङ्ले नेपाल प्रहरी परिवारको एकताको रुपमा रहेको  नेपाल प्रहरी श्रीमती संघको तर्फबाट हरेक समयमा देश र नागरिकको सेवामा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका महासचिव नबिना कार्की, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका पदाधिकारीहरु, प्रहरी वरिष्ठ अधिकृतहरू,लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८२-०६-२६

आज मिति २०८२/०६/२६ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।        तालुक नेपाल सरकार गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२।०६।२३ गतेको निर्णयानुसार सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली सरुवा भई कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानालाई यस कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                      बिदाई तथा फेरि भेटौला समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले यस कार्यालयमा कार्यरत रहँदा प्रदान गरिएका कार्य कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना समेत प्रदान गर्नु भयो । साथै आगामी दिनहरुमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई सामना गर्न तत्पर भई  सङ्गठनको श्रीबृद्धिका खातिर निरन्तर लागिरहनुका साथै व्यावसायिक तथा जनमुखी सेवा प्रवाह गर्न निर्देशन समेत दिनु भयो ।      प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले यस कार्यालयमा कार्यरत रहँदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धिताल, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-२४

काठमाडौं, २४ असोजटोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । रड प्रहारबाट गम्भीर घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विश्व दृष्टि दिवस २०२५ को अवसरमा आँखा स्वास्थ्य शिविर सम्पन्न ।
२०८२-०६-२३

काठमाडौं, २३ असोज    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरेक वर्ष अक्टोबर ९ तारिखका दिन (असोज २३) विश्वभर मनाइने “विश्व दृष्टि दिवस” ( World Sight Day) यस वर्ष “आँखालाई माया गरौं” (Love Your Eyes) भन्ने नाराका साथ आँखा स्वास्थ्य सम्बन्धी विविध कार्यक्रम गरी मनाईदै छ ।  आँखा स्वास्थ्य शिविर उद्‍घाटन समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विकासका सूचकहरुमा अन्य विकासका आधारभुत स्तम्भहरु संगै नेत्र स्वास्थ्यलाई समेत विशेष सम्बोधन गरी योजना तर्जुमा गर्न सकेमा नागरिकको समुन्नत विकास हुनेमा विश्वास व्यक्त गर्नु भयो । साथै नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुलाई आँखा स्वास्थ्य जाँच गरी परामर्श तथा चस्मा उपलब्ध गरी सहयोग पुर्‍याएकोमा तिलगंगा आँखा प्रतिष्ठानलाई  काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो ।  मन्तव्यको क्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले नेपालमा ठूलो जनसंख्यामा दृष्टिदोषको समस्या देखिएको वर्तमान अवस्थालाई रोकथाम तथा न्यूनिकरणका लागि सबै पक्षहरुले सहकार्य गर्दै समुदायस्तरमै जनचेतना अभिबृद्धि गर्न आवश्यक भएको औल्याँउदै सडकको धुलो धुवाँलाई सहन गर्दै देश र नागरिकको सेवामा अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीको स्वास्थ्य सम्बन्धमा सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । आँखा स्वास्थ्य शिविरबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका कूल ४५० जना प्रहरी कर्मचारीहरु लाभाम्बित भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, तिलगंगा आँखा प्रतिष्ठानका  प्रतिनिधिहरु, लायन्स क्लबका प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

टेन्ट हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०६-१९

काठमाडौं, १९ असोज    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई 14 Peaks Expedition का तर्फबाट २०७ थान टेन्ट   हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नेपाल बाढी, पहिरो, डुबान तथा भुकम्प जस्ता प्राकृतिक विपत्तिको जोखिम राष्ट्र भएकाले प्राकृतिक विपत्तिबाट विस्थापित नागरिकहरुलाई अस्थायी स्थान्तरणमा सहयोग पुग्ने टेन्ट  हस्तान्तरण गरी पुण्य कार्यमा सहयोग पुर्‍याएकोमा 14 Peaks Expedition लाई  काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो ।  मन्तव्यको क्रममा 14 Peaks Expedition  का सञ्चालक टासी लाक्पा शेर्पाले हर प्रहर  देश र नागरिकको सेवामा अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।      कार्यक्रममा कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, 14 Peaks Expedition का  प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।