प्रहरी कन्ट्रोल : १००
नेपा
EN

मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधन सम्पन्न

२०७७-१२-०९

  • A
  • A-
  • A+
Share

महानगरीय प्रहरी कार्यालयको आयोजनामा  राष्ट्रिय सभा गृह भृकुटीमण्डप काठमाण्डौमा  विहिवार मातहत कार्यालयका कार्यालय प्रमुख सहित ३३१ प्रहरी अधिकृत तथा जवानहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले  निर्देशन सम्बोधन गर्नु भएको हो । निर्देशन कार्यक्रम लाई सम्वोधन गर्नुहुँदै कार्यालय प्रमुख पालले समाजमा हुने कानून विपरितका गतिविधिलाई नियन्त्रण गर्न प्रभावकारी सुरक्षा योजना बनाएर लागु गर्नुपर्ने बताउनु भयो । प्रहरीले गर्ने व्यवहारबाट नै  नागरिकले प्रहरी प्रतिको धारणा बनाउने हुदाँ आम नागरिक प्रति उत्तरदायी भई  पिडीतमैत्री व्यवहार गरि सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । 

महिला तथा बालबालिका, बृद्ध, फरक क्षमता भएकाहरू संलग्न घटनालाई संबेदनशिल भई प्राथमिकताका साथ अनुसन्धान गर्नु पर्ने, मातहतका कर्मचारीहरूले गरेको गल्तीको जिम्मेवारी कार्यालय प्रमुखले लिनु पर्ने भन्दै मातहतका कर्मचारीहरूको काम कारबाही, आचरण व्यवहार तर्फ विशेष ध्यान दिई आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तता दिई जनतासँगको सम्बन्धलाई सुदृढ गर्दै समाजमा लुकेका अपराधहरूको सुचना संकलन गरी त्यस्ता अपराधलाई कानूनी दायरामा ल्याउने र  प्रहरी कारवाही गर्दा मानवअधिकारको सम्मान गर्दै कानून बमोजिम मात्र वल प्रयोग गरि निर्दिष्ट कानूनको पालना गरी  हिरासत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा विशेष ध्यान  दिंदै  प्रहरी कार्यालयबाट सुचना प्रवाह गर्दा “नेपाल प्रहरीको मिडिया नीति २०६०”  बमोजिम मात्र  गर्न तथा प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा प्रहरीको Uniform को प्रयोग नगर्न समेत निर्देशन दिनु भयो ।

सोही क्रममा आउँदै गरेको फागु पुर्णिमा (होली) लाई सुव्यवस्थित र मर्यादित बनाउन सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन मार्फत पर्वहरूको व्यवस्थापन गराउन पनि विशेष निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।