प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधन सम्पन्न

२०७७-१२-०९

  • A
  • A-
  • A+
Share

महानगरीय प्रहरी कार्यालयको आयोजनामा  राष्ट्रिय सभा गृह भृकुटीमण्डप काठमाण्डौमा  विहिवार मातहत कार्यालयका कार्यालय प्रमुख सहित ३३१ प्रहरी अधिकृत तथा जवानहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले  निर्देशन सम्बोधन गर्नु भएको हो । निर्देशन कार्यक्रम लाई सम्वोधन गर्नुहुँदै कार्यालय प्रमुख पालले समाजमा हुने कानून विपरितका गतिविधिलाई नियन्त्रण गर्न प्रभावकारी सुरक्षा योजना बनाएर लागु गर्नुपर्ने बताउनु भयो । प्रहरीले गर्ने व्यवहारबाट नै  नागरिकले प्रहरी प्रतिको धारणा बनाउने हुदाँ आम नागरिक प्रति उत्तरदायी भई  पिडीतमैत्री व्यवहार गरि सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । 

महिला तथा बालबालिका, बृद्ध, फरक क्षमता भएकाहरू संलग्न घटनालाई संबेदनशिल भई प्राथमिकताका साथ अनुसन्धान गर्नु पर्ने, मातहतका कर्मचारीहरूले गरेको गल्तीको जिम्मेवारी कार्यालय प्रमुखले लिनु पर्ने भन्दै मातहतका कर्मचारीहरूको काम कारबाही, आचरण व्यवहार तर्फ विशेष ध्यान दिई आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तता दिई जनतासँगको सम्बन्धलाई सुदृढ गर्दै समाजमा लुकेका अपराधहरूको सुचना संकलन गरी त्यस्ता अपराधलाई कानूनी दायरामा ल्याउने र  प्रहरी कारवाही गर्दा मानवअधिकारको सम्मान गर्दै कानून बमोजिम मात्र वल प्रयोग गरि निर्दिष्ट कानूनको पालना गरी  हिरासत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा विशेष ध्यान  दिंदै  प्रहरी कार्यालयबाट सुचना प्रवाह गर्दा “नेपाल प्रहरीको मिडिया नीति २०६०”  बमोजिम मात्र  गर्न तथा प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा प्रहरीको Uniform को प्रयोग नगर्न समेत निर्देशन दिनु भयो ।

सोही क्रममा आउँदै गरेको फागु पुर्णिमा (होली) लाई सुव्यवस्थित र मर्यादित बनाउन सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन मार्फत पर्वहरूको व्यवस्थापन गराउन पनि विशेष निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।