प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ जना पक्राउ

२०७८-०१-२८

  • A
  • A-
  • A+
Share

शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने सिन्धुली कमलामाई नगरपालिका-४ घर भएका बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, ललितपुर महानगरपालिका-५ कुपण्डोल बस्ने बाजुरा खप्तड गाउँपालिका-६ घर भएका २१ वर्षीय थुमराज उपाध्याय, ललितपुर ग्वार्को बस्ने स्याङजा पंचमुल गाउँपालिका-६ घर भएका नानोटेक फर्मा थापाथलीका संचालक २७ वर्षीय शेषकान्त अधिकारी, काठमाडौं भिमसेनगोला बस्ने सुनसरी ईनरुवा नगरपालिका-६ घर भएका चिरायु केडी ग्रुप प्रालिमा काम गर्ने ३९ वर्षीय पुष्कर घिमिरे, काठमाडौं अनामनगर बस्ने मोरङ बिराटनगर महानगरपालिका-२ घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा कार्यरत ४४ वर्षीय बिशाल आचार्य, काठमाडौं बागबजार बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय सन्तोष भण्डारी र काठमाडौं ढुङगेअड्डा बस्ने भारत राजस्थान झुन्झुनु घर भएका ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन् ।

अक्सिमिटरको अत्यधिक माग भइरहेको अवस्थाको फाइदा उठाउँदै औषधिजन्य पसल एवं फर्माहरुले सर्वसाधरण नागरिकहरुलाई बजार मूल्य भन्दा बढी मूल्य लिई अक्सिमिटर खरिद ब्रिक्री गरी कालोबजारी गरेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उत्पादन मिति, म्याद समाप्त मिति, बिक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्य भएका अक्सिमिटर फेला पारी बरामद गरेको हो । उक्त अक्सिमिटर बरामद भएपश्चात तत्काल जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमखु जिल्ला अधिकारी, औषधि व्यवस्था बिभाग, बाणिज्य बिभाग र प्रहरी समेतको संयुक्त टोलीको सहभागितामा उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-२८ बस्ने मोरङ बिराटनगर महानगरपालिका-२ तिनपैनी घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा काम गर्ने ४४ वर्षीय बिशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाई उक्त अक्सिमिटर ल्याएको तथा बजार मूल्य ७ सय पर्ने उक्त अक्सिमिटरहरु २ हजार २ सय २० रुपैयाँसम्म अधिक मुल्यमा उनीहरुले बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।