प्रहरी कन्ट्रोल : १००
नेपा
EN

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०७८-०२-०४

  • A
  • A-
  • A+
Share

महानगरीय प्रहरी परिसर,भक्तपुरबाट खटिएको प्रहरी टोलीले चाँगुनारायण नगरपालिका-४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मिनाको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई नगर ८२ हजार रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार मिनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८३-०३-२३

काठमाडौं उपत्यका प्रहरी कार्यालयका, प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको उपस्थितिमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८३।०३।१९ गतेको पत्रद्वारा जनपद तर्फको प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ । उक्त दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया,  प्रहरी वरिष्ठ उपरीक्षक,  प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

‘लागु औषधमुक्त युवा, मानव बेचबिखनमुक्त समाज- सुरक्षित भविष्य, समृद्ध नेपाल ।’ भन्ने मुल नाराका साथ प्रभात फेरी कार्यक्रम सुभारम्भ ।
२०८३-०३-२२

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा प्रहरी प्रभाग गोंगबुँमा नव-निर्मित दुर्गा भगवती मुर्तीको प्राण प्रतिष्ठा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमलाई लक्षित गरी प्रहरी वृत्त, महाराजगंज, प्रहरी प्रभाग र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको आयोजना र अनाहत नेपालको सहकार्यमा आयोजित “सुरक्षित समाज निर्माणका लागि आन्तरिक मानव बेचबिखन नियन्त्रण तथा लागु औषध दुर्व्यसनविरुद्ध  साप्ताहिक कार्यक्रम” अन्तर्गत नयाँ बसपार्कबाट प्रभात फेरी कार्यक्रम सुरू भई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको भवनमा गई  शुभारम्भ  गरिएको छ  ।   उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरे, नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष  पुण्य प्रसाद सिटौला, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि र संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-२०

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा नगरपालिका-३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेका छन् ।  पक्राउ मध्ये सरोजले आयरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ र अनिलले युएई पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-८ बाट शुक्रबार र अनिललाई टोखा नगरपालिका-६ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।